३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा भवन भट्ट विजयी विजयी भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन्। निर्वाचनमा भट्टले १ हजार १९७ मत प्राप्त गरी विजयी भए भने गुरुङले ५८४ मत मात्र प्राप्त गरिन् ।
संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् । सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् । अधिकांश पद भट्ट प्यानलकै उम्मेदवारहरुले जितेका छन् ।












