३० असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना घलेबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार विहान १० बजे गुरुङले पनि उमेद्वारी दर्ता गरेकी हुन् भने भट्टले साँझ नै अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गरेका थिए । गुरुङको उम्मेदवारीसँगै एनआरएनको इतिहासमा पहिलोपल्ट नेतृत्वका लागि महिलाको दावेदारी देखिएको छ । हालका अध्यक्ष शेष घले जमुनाका पति हुन् ।
आज अपरान्हबाट मदतान शुरु गर्ने तयारी निर्वाचन समितिकोले गरेको छ ।












