११ भदौ, काठमाडौं । हेविवेट बक्सर फ्लोयड मेवेदरले ५० औं प्रोफेसनल बक्सिङमा जित हात पारेका छन् । अमेरिकी खेलाडी मेवेदरको यहाँसम्मको यात्रा अपराजित रहेको छ । अमेरिकाको लास भेगासस्थित टी एरिनामा शनिवार भएको रोमान्चक भीडन्तमा आयरल्याण्डका २९ वर्षिय बक्सर कनर म्याग्रेगरलाई पराजित गर्दै मेवेदरले अपराजित यात्रा जारी राखेका हुन् । १० राउण्डसम्म चलेको उक्त रोमान्चक भीडन्तमा रेफ्रीद्वारा टि.ओ.के टेक्निकल नकआउटको निर्णय सुनाएपछि ४० वर्षिय अमेरिकन बक्सर मेवेदरले जित हात पारेका थिए । यस जितसंगै विश्व बक्सिङ इतिहासमा अपराजित रुपमा ५० भिडन्तमा जित हात पार्ने मेवेदर पहिलो खेलाडी बनेका छन् ।
यसअघि रकी मार्सियानो लगातार ४९ वटा भीडन्तमा अपराजित रहेका थिए । जित हात पारेपछि सञ्चारकमीैमाझ मेवेदरले भने म्याग्रेगर आफुले सोचे भन्दा कडा खेल्ने खेलाडीका रुपमा लिएको बताएकाछन् । सो क्रममा उनले म्याग्रेगरसंगको यही भीडन्त क्यारियरको अन्तिम भीडन्त भएको घोषणा गरेका छन् । त्यसैगरि, यस भीडन्तबाट ५ सय मिलियन भन्दा बढि रकम उठेको सिएननको अर्थ व्युरोको अनुमान रहेको छ । जुन दुइ वर्षअघि मेवेदर र म्यान्नी प्याकियोको भीडन्तमा उठेको रकमभन्दा बढी हो ।












