२५ साउन, काठमाडौं । पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन ।
नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको छ ।, यो समाचार आजको घटना र विचार साप्ताहिकमा छ ।
पूर्वराजा ज्ञानेन्द्र अहिले बैंकक पुगेका छन् । छोरा पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र उनीहरुकी बुहारी हिमानी तथा नातिनातिनी गरी पूर्वराजपरिवारका सबै सदस्य अहिले बैंककमा छन् ।
सपरिवार बैंकक पुग्नुलाई कतिले स्वाास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उनीहरु स्वाथ्य उपचार या घुमघामका लागि बैंकक पुगेका भने होइनन् ।
प्राप्त जानकरी अनुसार राजा ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पूर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक गएका हुन् ।
यसैपटक एसईई सकेकी आफ्नी नातिनी पूर्णिकालाई आफ्नै देशमा पढाउने उहाँको इच्छा थियो, तर सयमक्रममा उक्त इच्छालाई मार्दै आफ्नी प्रिय नातिनीलाई बैंककसम्म पुर्याउन उनी बाध्य बाध्य भएका छन् ।
पारिवारीक स्रोतका अनुसार पूर्णिकाका लागि बैंककको फुकेटस्थित ब्रिटिस सम्बद्धता भएको कलेज चयन गरिएको छ ।
आफूहरु लन्डनमा अध्यन गरेको भए पनि ज्ञानेन्द्र आफ्ना नातिनातिनीलाई नेपालमै पढाउन चाहान्थे ।













