२२ साउन, चितवन । भरतपुरको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा पार्वती शाह निर्वाचित भएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनले संयुक्तरुपमा आइतबार विजय जुलुस निकालेका छन् ।
भरतपुरको १९ नं वडामा पुनः निर्वाचन भएपछि शनिबार साँझ मतगणना सकिएको थियो । मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका थिए ।
विजय जुलुशमा माओवादी केन्द्रका कार्यकर्ता, कांग्रेस कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । प्रमुख र उपप्रमुखको तस्वीर राखेर बनाइएको व्यानर जुलुशमा सहभागिले बोकेका छन् ।
दुवै दलका झण्डाहरु मिश्रित जुलुश देखिन्छ । दाहाल र शाहलाई अविर लगाइदिनेको घुइँचो देखिन्छ ।















