मेयरमा एमालेको अग्रता कायमै
२१ साउन / शुक्रबार मतदान भएको चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना सकिएको छ । १९ को गणना सकिँदा यहाँ एमाले प्रमुखका उम्मेदवारकै अग्रता कायम छ ।
वडाध्यक्ष तथा सदस्यहरुको विजय परिणाम भने सार्वजनिक गरिएको छैन । केही समयमै परिणाम सार्वजनिक गर्ने बताइएको छ ।
पछिल्लो मत परिणाममा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ९४६ मतका साथ अग्रता यथावत राखेका छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मतका साथ पछ्याइरहेकी छन् । अब देवी र रेणुबीचको मतान्तर २२१ छ ।
वडा नम्बर १९ मा २ हजार ४ सय १० मत गणना भइसक्दा एमालेका उम्मेदवार देवीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् भने माओवादीकी रेणुले ४१ हजार ५ सय ३ मत प्राप्त गरेकी छन् । एमालेका ज्ञवाली माओवादीकी रेणुभन्दा २ सय ७१ मतले अगाडि छन् ।
यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाहले ४५ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । एमालेकी दिव्य शर्मा आचार्यले ३८ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन् ।
मतगणनाको नतिजाअनुसार वडा नम्बर १९ को अध्यक्षसहित सदस्यमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको जनाइएको छ ।












