१९ साउन, बाँके । नेपालगञ्जको वागेश्वरी मन्दिरको तलाउमा आज विहान एक महिलाको शव फेला परेको छ ।
पानीमाथि तैरिरहेको अवस्थामा जाजरकोट जिल्लाकी ५५ वर्षीया नरादेवी शाहीको शव फेला परेको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी नायब निरीक्षक अभय रावतले जानकारी दिएका छन् । महिलाको हत्या गरी त्यहाँ फालिएको हो या अरु कुनै कारण हो भन्ने बारे अनुसन्धान भैरहेको रावतले बताए ।
यसैबीच विद्यालय जान हिँडेकी किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार गर्ने अभियुक्त पक्राउ समेत गरिएको र अनुसन्धानका लागि नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विद्यालय गइरहेकी किशोरीलाई २२ वर्षीय युवकले जंगलमा लगी बलात्कार गरेको ठहर भएपछि अभियुक्तलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।












