१९ साउन, काठमाडौं । नेपाल सरकारले ५१ अर्ब भन्दा बढी रकमको अमेरिकी सहयाता स्वीकार गरेको छ । विहीबार
बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको मिलिनियन च्यालेन्ज कपोरेसनबाट प्रदान गर्ने ५१ अर्ब ३८ करोड अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको हो । कर्पोरेसनले दिएकोयो रकम सडक यातायात र विद्युत प्रशारणामा ५ वर्षेभित्र खर्च गरिने छ ।
त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ ।
प्रचण्डका प्रधानमन्त्रीत्वकालमा निययुक्त उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजिनामा दिएपछि देउवा नेतृत्वको सरकारले वाग्लेलाई नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त वाग्ले श्रेष्ठ र गोविन्दराज पोखरेल उपाध्यक्ष हुँदा आयोगका सदस्य थिए । कांग्रेसको सिफारिसमा लगातार दुई कार्यकाल सदस्य बनेका उनलाई हाल उपाध्यक्षको जिम्मेवारी सरकारले दिएको हो ।
वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसीस्थित कार्यालय र राष्ट्रसंघीय विकास कार्यक्रममा समेत काम गरेका थिए ।











