१७ साउन, काठमाडौं । खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य निर्णय गरेको हो । मूल्य घटेपछि अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँ कायम भएको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ ।
मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा नाफा हुने छ । केही समयपहिलेसम्म निगमले ग्यासको मूल्यमा घाटा व्यहोरेरै ग्यास विक्री गरे पनि अन्तर्राष्ट्रिय बजारमा भारी गिरावट आउँदा पनि निगमले भने निकै कम मूल्य घटाएको हो ।
पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने निगमले यथावत राखेको छ । नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन बाहृयमा २० रुपैयाँ २९ पैसा नाफा रहेको छ । निगमको हालको अवस्थाले अति आवश्यक र राहत दिनुपर्ने मट्टीतेल र ग्यासबाट बढी नाफा र पेट्रोलजस्तो नाफा लिनुपर्ने इन्धनमा घाटा व्यहोरिरहेको छ । यो घटनाले आयल निगम गरिबका लागि नभएर धनीको पक्षपोषण गर्ने मार्गतिर लागेको देखिन्छ । त्यसो त निगमले जग्गाखरिदमा अर्बौं घोटला गरिरहेका समाचाहरु सार्वजनिक भैरहेका छन् ।
निगमका अनुसार विगत १५ दिनमा पेट्रोलियमबाट ३३ करोड ८६ लाख रुपैयाँ नाफा भएको छ ।












