१५ फागुन, चीन । चीन भारत सीमामा तनाव जारी रहेकै वेला चिनियाँ राष्ट्रपति सि चिनफिङले युद्धका लागि तयार रहन आफ्ना सैनिकलाई निर्देशन दिएका छन् । एसियाकै ठूलो सैनिक तालिम केन्द्रका रुपमा रहेको चिनको झुर्येइ सैनिक क्याम्पमा आयोजित परेडलाई सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले युद्धको संकेत गरेका हुन् ।

१ हजार वर्ग किलोमिटर भन्दा ठूलो क्षेत्रमा फैलिएको तालिम केन्द्रमा भएको अत्याधुनिक अतियारसहितको सैनिक परेड अवलोकनपछि उनले युद्धका लागि चीन तयार रहेको उद्घोष गरे ।

चीनलाई पहिलेभन्दा मजबूद सेनाको आवश्यकता रहेको समेत उनले बताएका थिए । १२ हजारभन्दा बढी सैनिकले एकसाथ प्रदर्शन गरेको सैन्यप्रदर्शनमा लामो दूरि, मध्य दूरि र छोटो दूरिमा मार हान्ने मिसाइलहरु प्रदर्शन गरिएको थियो । १२९ विमान तथा ५७१ उपकरणसहितको परेड सम्भावित युद्धका लागि हो या चिनियाँ सेनाको वार्षिकोत्सवको तयारीका लागि हो भन्ने कुराले विश्वका शक्ति राष्ट्रको ध्यान चिनतिर खिचिएको छ ।

चिनियाँ जनमुक्ति सेनाले १ अगस्टलाई वार्षिकोत्वसका रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको दुई दिनपहिले यो प्रदर्शन भएको हो । त्यसो त चीनले विभिन्न भूभागमा सैनिकहरुको कठोर अभ्यास गराइरहेको समाचारहरु आइरहेका छन् ।

आफ्नो सैन्य अभ्यास र प्रदर्शनलाई तीव्र बनाइरहेको चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा भने कुनै अभिव्यक्ति दिएको छैन । उत्तरको गतिविधिप्रति चिन्तित रहेको अमेरिकाले भने चीनको यो मौनतालाई रहस्यका रुपमा हेरिरहेको छ ।












