४ साउन, काठमाडौं । मुटुसम्बन्धि समस्याका कारण अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजिओप्लास्टी गरिएको छ । एनजिओप्लास्टीपछि उनको अवस्था सामान्य रहेको र दुई÷तीन दिनभित्र डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न चिकित्सकले जनकारीदिएका छन् ।
पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लास्टी गरिएको उपचारमा संग्लन नर्भिक अस्पतालका मुटुरोग विभाग प्रमुख डा. यादवदेव भट्टले संचारकर्मीलाई जानकारी दिए । शाहको स्वास्थ्यअवस्थाबारे जानकारी दिन नर्भिकले पत्रकार सम्मेलन गरेको थियो । पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ्ग राणा संलग्न रहेको अस्पतालले जानकारी दिएको छ ।












