२ साउन, ताइवान । ताइवनको संसदमा सांसदहरुबीच कुर्ची प्रहारदेखि मुक्का हानाहान भएको छ ।
सरकारले ल्याएको पूर्वाधार परियोजनाबारे सदनमा विवाद चर्केपछि सत्तापक्ष र विपक्षी सांसदबीच हंगामा मच्चिएको हो ।
सुरुमा विपक्षी सांसदहरुले सत्ता पक्षका सांसदलाई सदनभित्र मुक्का प्रहार गरेका थिए । झडपपछि सांसद बैठक तत्काल स्थगित गरिएको थियो ।
सो परियोजनाबारे दुई दिनदेखि सदनमा बसह भएको थियो । बहस चर्चिएपछि विपक्षी सांसदहले हात छोडेका थिए ।
विवाद बढेपछि विपक्षाी सांसदहरुले सत्ता पक्षका सांसदहरुलाई धकेलेर पानी भरेका बेलुन कलम र कुर्सी प्रहार गरेका थिए ।












