१ साउन, काठमाडौं । काठमाडौंमा निःशूल्क पार्किङको व्यवस्था भएका स्थानमा अब काठमाडौँ महानगरपालिकाले चर्को पार्किङ शूल्क असुल्ने भएको छ । काठमाडौंका मध्यम वर्गका मानिसको अनिवार्य आवश्यकता बनेको मोटरसाइकल चलाउनेले अब प्रतिघण्टा कम्तीमा १५ रुपैयाँ पार्किङ शूल्क तिर्नुपर्ने भएको छ । कार हुनेको पार्किङ शूल्क प्रतिघण्टा कम्तीमा ४० रुपैयाँबाट सुरु हुनेछ । स्थान हेरी मोटरसाइकलका लागि प्रतिघण्टा १५ रुपैयाँदेखि २० रुपैयाँ शूल्क तोकिएको छ भने पाङ्ग्रेका लागि ४० रुपैयाँदेखि ५० रुपैयाँ शूल्क तोकिएको छ।
काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०७४ पारित गरेर पार्किङ शूल्क लिने निर्णय गरेको हो। संविधानको धारा २३० ले स्थानीय तहलाई ऐन बनाउन सक्ने व्यवस्था गरेअनुसार काठमाडौँ महानगरपालिकाले ऐन बनाएरै पार्किङ शूल्क असुल्ने निर्णय गरेको हो ।
६ पाङ्ग्रे यातायातका साधनले भने कम्तीमा १०० रुपैयाँदेखि २०० रुपैयाँ पार्किङ शूल्क प्रतिघण्टा तिर्नुपर्ने व्यवस्था महानगरपालिकाले गरेको छ ।












