१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्ट«ाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आइतबार विहान अख्तियारले तत्कालीन कर फर्स्र्यौट आयोगका तीन पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो । फर्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र चुडामणि शर्माले १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्ट्राचार गरेको दावीसहित मुद्दा दायर भएको हो ।
कर फर्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा ठूलो रकम भ्रष्ट«ाचार भएको अख्तियारले ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आयोगको सदस्यसचिव पदमा रहेर काम गरेका शर्मा अख्तियारको हिरासतमा भने महत र ढकाल फरार छन् । महत र ढकाललाई पक्राउ गर्न सहयोग गर्ने वा उनीहरुबारे जानकारी दिनेलाई पुरस्कार दिने घोषणा अख्तियारले गरेको छ ।












