२८ असार काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ। आर्थिक वर्ष समाप्तिको अन्तिम दिन भएकाले राजश्व दाखिलाका लागि असार ३१ गतेको शनिबारका दिन सबै बैंक दिनभर खोल्न निर्देशन दिएको हो।
चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइपिएसमार्फत मुक्तानी गर्ने तथा पुरै दिन ४ बजेसम्म राजश्ब रकम बुझ्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। साथै राजश्व दाखिला सम्बन्धि चेकहरुसमेत शनिबार पनि सेटलमेन्ट हुने गरी क्लियरिङमार्फत राजश्व जम्मा गर्न पनि निर्देशन दिएको छ।













