२९ असार, विराटनगर । विराटनगरको मुनालपथमा आज एकाबिहानै एक महिलामाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले टीनादेवी विष्टलाई गोली हानेर रकम लुटेका छन् । गोली प्रहारबाट विष्ट घाइते भएकी छिन् भने उनको उपचार विराटनगर अस्पतालमा भैरहेको छ ।
गोली प्रहार गरी विष्टको साथमा रहेको रु ११ हजार लुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विष्ट विराटनगर अस्पतालबाट उपचार गराई एकाविहानै आफ्नो घर फर्किन लागेको समयमा उनीमाथि गोली प्रहार भएको थियो ।












