कृष्णा शर्मा
२७ असार, काठमाडौं । नेपालको हितको विरुद्धमा रहकेको संविधान संशोधन पारित हुँदैन भन्ने कुरा सत्तासाझेदार दल कांग्रेस र माओवादीलाई धेरैपहिले देखि नै थाहा छ । तर, भारतलाई चिढ्याउन नचाहेका कारण उनीहरुले भारतको दानापानीमा नाममात्रैको दल रहेको तर दर्ता समेत नभएको दललाई संविधान संशोधन हुन्छ भन्दै घाँस हाल्ने काम गरिरहेका थिए । मधेसी दललालाई घाँस हालेर भोट बटुल्ने उद्देश्यले अझै नि सो दलका नेताले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएर फेरि पनि कांग्रेस एमालेसँग यही कुरा गर्न पुगे । यतिमात्र होइन कुनै ठूलो ललिपप देखाउनका लागि एमालेका दोस्रो तहका नेताहरुलाई रिसोर्टमा बोलाएर मदिरासहितको रात्रिभोज पनि गराए ।
तर, आफूलाई प्रधानजमन्त्री बनाउन अवरोध गरेको भारतका बाबजुद पनि आफू प्रधानमन्त्री बनेका ओली स्थानीय तहको निर्वाचन परिणामले भारतसँग झुक्ने अवस्थामा देखिएनन् । सफलताले मानिसलाई उत्साहित बनाउँछ भनेजस्तै एमाले यतिवेला भारतको ललिपपमा नभुलेर संघ र प्रदेशको निर्वाचनमा आफूलाई शक्तिशाली बनाउनमा लागेको छ । शक्तिमा भएपछि भारत त्यसै पछि लाग्छ भन्ने कुरा एमालेलो राम्रैसँग बुझेको छ । यहीकारण बुढानिलकण्ठको पार्क भिलेजमा मधेसी नेतामार्फत एमालेका नेतालाई खुवाएको डिनरले काम गरेन । फलस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले. मंगलबार एकसाथ स्वर निकालेका छन् – ‘तत्काल स्रंविधान संशोधन सम्भव छैन ।’
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन पारित गराउनका लागि आफूले सक्दो प्रयास गरे पनि सफलता पाउने सम्भावना अब कमजोर हुँदै गएको आफ्नो दलको केन्द्रीय कार्यालय बैठकमा जानकारी गराए ।
नेपालको राजनीतिमा भएका देशभित्र र बाहिरका खेलकुदको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले सानातिना दलको संख्या जोड्दा पनि दुई तिहाई पुर्याउन सकिने अवस्था नरहेको क्रन्दन सुनाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मंगलबार राजपा नेताहरुसँग यस्तै दुखेसो पोखे । आफूहरु विवसतामा परेकोले तत्काल संविधान संशोधन प्रस्ताव संसदमा नलैजाने बताए । तर, देउवा त्यस्तो के विवशतामा परेका हुन् भन्ने कुरा सार्वजनिक हुन सकेको छैन ।
उनले यसो गरेमा संविधान संशोधन गर्न नसकेको भनी भारतले कुर्ची हल्लाइदिने डरमा देउवा देखिएका छन् । यसबारेमा भारतीय स्रोतबाट उनलाई यसविषयमा चेतावनी समेत आएको बुझिएको छ । सार्वभौम संसदमा प्रस्ताव लगेमा फेल भए फेल पास भए पास कुरा क्लियर हुन सक्थ्यो । प्रधानमन्त्री देउवाले खुट्टा कपाउनुको प्रमुख कारण यही हो ।
तर. वर्तमान अवस्थामा एमालेले पनि अड्चन थापेको बुझिएको छ । २ नंम्बर प्रदेशको निर्वाचनअगाडि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाँदा एमालेले त्यसको विपक्षमा मतदान गर्ने मात्रै नभएर अन्य दल समेत एमालेको कित्तामा उभिनुपर्ने भएकाले चुनावमा असर पर्ने एमालेका रोदन छ । ताक परे तिवारी नत्र गोतामे भनेर बसिरहेका साना दललाई पनि यसले अन्योलको अवस्था सिर्जना गर्ने देखिएको छ । सरकारमा ठूलो भाऊ पाइहाले कांग्रेस एमालेको समर्थक नपाए एमालेको समर्थक बन्ने दाऊमा रहेका राप्रपालगायतका साना दलको दोधारे चरित्रका कारण सत्तारुढ दल र एमाले किंकर्तव्यविमूढ बनेका हुन् अर्थात् अन्योलमा देखिएका हुन् । यसकारण संविधान संशोधन प्रस्ताव थाँती राखी स्रसदमा नलैजान दुवै पक्ष सहमत भएका हुन् । यसविषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच दिनभर कसरत भएको थियो ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुवै दलले संविधान संशोधन प्रस्ताव संसदमा नलैजाने निर्णय गरेपछि राजपाका नेताले अब निर्वाचनमा यही विषयलाई क्यास गर्ने योजना बनाएका छन् । मधेसनिवासी नेपालीबाट बहिष्कृत भएका राजपाका नेताहरुले संविधान संशोधनको आफूहरुको एजेण्डालाई कांग्रेस, एमाले र माओवादी तीन दलले नै अस्वीकार गरेकोले त्यसको दवावका लागि भन्दै स्थानीय तहको निर्वाचनमा भोट माग्ने योजना बनाएका छन् ।
यही एजेण्डाको पहिलो प्रदर्शनका रुपमा राजपा नेता राजेन्द्र महतोले मंगलबार वालुवाटारबाट निस्कँदै गर्दा सरकारको कडा आलोचना गरेका थिए । महतोको भनाइ सुन्दा लाग्थ्यो कि संविधान संशोधन प्रधानमन्त्रीले हस्ताक्षर गरे भने भैहाल्ले कुरा हो । यस्तो महामूर्ख नेतालाई संविधानको व्यवस्था पढाइदिने कसले ?













