२६ असार, धरान । दुवै चरणका स्थानीय निर्वाचनमा सर्वाधिक बढी स्थानमा जितको एमालेले थप एक उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ । पछिल्लो पणिामअनुसार एमालेले धरान उपमहानगरपालिकामा दुई प्रमुख पदमा विजय हासिल गरेको हो । मेयरका पदका एमाले उम्मेदवगार तारा सुब्बा र उपमेयर उम्मेदवार मञ्जु भण्डारी निर्वाचित भएका आज निर्वाचित भएका हुन् ।
उनीहरुले पाएको मतसहित निर्वाचत अधिकृत कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
धरान उपमहानगरमा मेयरमा कांग्रेसबाट तिलक राई र माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा उम्मेदवार थिए ।
धरानको मतगणनामा निर्वाचन अधिकृतले नै एमालेका पक्षमा मत जोडेको भन्दै निलम्बनमा परेका थिए । त्यसपछि सुरु भएको मतगणनामा पनि एमाले नै विजयी भएको हो । विवादस्पद वडाको परिणाम भने आउन बाँकी छ ।












