२५ असार, विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयरसहित ७ वटा वडामा विजय हासिल गरेपछि आज विजय र्याली निकालिएको छ । र्यालीमा कांग्रेस महामन्त्री सशांक कोइराला, केन्द्रीय नेता शेखर कोइरालालगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी भएका छन् । र्यालीले नगर परिक्रमा गरेको छ ।
कांग्रेसका संस्थापक नेता विपी कोइराला तथा गिरिजाप्रसाद कोइरालाको विरासत रहेको विराटनगरमा कांग्रेसले चुनाव जित्नुमा कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीले हार व्यहोर्नुपरेको भए पनि कोइराला परिवार तथा पार्टी महामन्त्री सशांकको गृहनगरमा कांग्रेसले जित्नुमा कांग्रेसभित्रै पनि कोइराला खेमाको प्रतिष्ठाको विषय बनेको छ ।












