२३ असार, विराटनगर । विराटनगर महानगरपालिको मत गणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता निरन्तर कायम रहेको छ । पछिल्लो परिणामअनुसार कांग्रेसका मेयरका उम्मेदवारले एमालेका उम्मेदवारलाई चार हजारभन्दा बढी मतले पछाडि पारेका छन् । एमाले उम्मेदवारलाई भने संघीय समाजवादीका उम्मेदवारले एक हजारभन्दा पनि कम मतान्तरले पछ्याइरहेका छन् ।
काँग्रेसका भीम पराजुलीले १६ हजार ५२७, नेकपा एमालेका विनोद ढकालले १२ हजार ३७७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले ११ हजार ५७३ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीको १४ हजार ४३१, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेको ८ हजार ८७७ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको ७ हजार ६६७ मत छन् ।












