२३ असार, झापा । झापा जिल्ला एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला हो । तर स्थानीय निर्वाचनमा अन्य जिल्लामा एमालेले राम्रो नतिजा ल्याए पनि ओलीको गृहजिल्लामा भने एमालेको अवस्था राम्रो रहेन । सबैभन्दा लज्जास्पद अवस्था त्यतिवेला देखियो जतिवेला ओलीले नै लक्षित गरेको गाउँपालिकामा एमाले पराजित बनेको छ ।
ओलीको गृहजिल्ला झापाका एमाले अध्यक्ष नै बुद्धशान्ति गाउँपालिकामा पराजित भएका छन् । कांग्रेस उम्मेदवार रमेश भुजेलले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई पराजित गरेका हुन् । भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भएका हुन् ।
पाठकले ७ हजार ३ सय ५३ मत ल्याएका छन् । माओवादीका खड्गप्रसाद तिम्सिनाले २ हजार ६६ मत प्राप्त गरेका छन् ।












