१६ असार, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतगणनामा एमालेलाई कांग्रेसले उछिनेको भए पनि अन्ततः एमाले अगाडि पुगेको छ । पछिल्लो नतिजाअनुसार एमालेले १० तहमा प्रमुख पदहरुमा विजय हासिल गरेको छ भने कांग्रेसले ७ स्थानमा विजय हासिल गरेको छ । पहिलो चरणको निर्वाचनमा धेरै पछाडि परेको माओवादी केन्द्रले हालसम्म जम्मा ५ तहका प्रमुख पदमा विजय हासिल गरेको छ ।
मतगणना जारी रहेका स्थानीय तहमध्ये धेरै तहमा एमालेकै अग्रता रहेको छ :

एमाले : १०
डडेल्धुरा अमरगढी नगरपालिका
बझाङको थलारा गाउँपालिकामा
बझाको बित्थडचिर गाउँपालिका
ताप्लेजुङको मैवाखोला गाउँपालिका
भोजपुरको रामप्रसाद राई गाउँपालिका
बाजुराको गौमुल गाउँपालिका
बैतडीको पञ्चेश्वर गाउँपालिका
खोटाङको जन्तेढुंगा गाउँपालिका
बाजुराको पाण्डवगुफा गाउँपालिका
खोटाङको जन्तेढुंगा गाउँपालिका
काँग्रेस : ७
बझाङको काँडा गाउँपालिका
गुल्मीको दरबार गाउँपालिका
बाजुराको बडिमालिका नगरपालिका
बाजुराको छेडदह गाउँपालिका
संखुवासभाको चिचिला गाउँपालिका
संखुवासभाको शिलिचोङ गाउँपालिका
दार्चुलाको महाकाली नगरपालिका
माओवादी :५
सोलुखुम्बुको महाकुलुङमा माओवादी केन्द्र
बाजुराको छेडेदह गाउँपालिका
रुकुमको पुथा उत्तगंगा गाउँपालिका
दाङको बंगलाचुली गाउँपालिका
भूमे गाउँपालिका, रूकुम
राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह
१. मल्लरानी गाँउपालिका, प्यूठान











