१६ असार, काठमाडौं । छिमेकीहरुसँगको सीमामां हस्तक्षेप गर्दै आएको भारतलाई चीनले भने पछाडि हटाइदिएको छ । भारत र चीनको सीमा क्षेत्र सिक्किममा भारतीय सेनाका बंकर बुल्डोजर लगाएर चीनले ध्वस्त पारिदिएको हो । सीमाक्षेत्रभन्दा करिब १५ किलोमिटर भित्र रहेका भारतीय सेनाका २ बंकर चीनियाँ सेनाले ध्वस्त पारिदिएको हो । यो अवस्थासँगै चीन भारत सीमाक्षेत्र तनावग्रस्त बनेको छ ।
सीमा तनावका कारण मानसरोवर यात्रामा निस्किएका भारतीय तीर्थयात्रीलाई समेत चीनले सीमामै रोकेको छ । सीमा तनावका कारण मानसरोवरको यात्रामा निस्केका कतिपय भारतीय तीर्थयात्री फिर्ता भएका छन् भने कतिपय अलपत्र परेका छन् । समाचारमा जनाइएअनुसार ५० जना यात्रुको समूह भने सीमाबाट फिर्ता भएको छ ।
सीमा क्षेत्रमा चीनियाँ सेना र भारतीय सेनाबीच धकेलाधकेल भएको भिडियो समेत भारतीय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।
जुन महिनाको पहिलो सातामै सिक्किम क्षेत्रमा यो घटना भएको संचारमाध्यमहरुले जनाएका छन् । त्यसपछि जारी तनावकै बीचमा जुन २६ मा भारतीय सेना र चीनियाँ सेनाबीच झडप भएको जिन्युजले जनाएको छ ।

भारत-चीन सीमा ३४८८ किलोमिटर लामो रहेको छ, जम्मूकश्मिरदेखि लिएर अरुणाचल प्रदेशसम्म फैलिएको छ । यो सीमाक्षेत्रअन्तर्गत २२० किलोमिटर सिक्किम क्षेत्रमा पर्दछ ।
दलाई लामालाई भारतले शरण मात्र दिएको छैन चीनविरोधी गतिविधिमा समेत प्रयोग गरेको छ । जसका कारण चीन रुष्ट बन्दै आएको छ । दलाई लामाले केही समयपहिले गरेको सीमाक्षेत्र अरुणाचल प्रदेशमा गरेको भ्रमणका कारण चीन चिन्तित देखिएको छ ।
भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । युद्ध सकिएपछि भारतले सिक्किमको सीमा क्षेत्रमा भारतीय सेना तथा आइटिबिपीलाई तैनाथ गरेको थियो । आइटिबिपी भारतको सीमा सुरक्षाका लागि तैनाथ सुरक्षा बल हो । यसको शिविर सीमाभन्दा १५ किलोमिटरको दूरिमा रहेको जनाइएको छ । तर सो दूरिमै आएर चीनले उसका बंकर हटाएको हो । समाचारमा जनाइएअनुसार अस्थायी बंकरलाई हटाएर भारती सेनाले स्थायी बंकर बनाउन लागेको थियो । स्थायी बंकर शंकास्पद देखिएको भन्दै चीनियाँ सेनाले त्यसलाई ध्वस्त पारेको जनाइएको छ ।
भारतीय टेलिभिजन आजतकले समावेश गरेको झडपको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :












