१५ असार, कैलाली । ७ नं प्रदेशमा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार कांग्रेसले धेरै ठाउँमा अग्रता लिएको छ । कांग्रेसपछि एमाले बढी स्थानमा अग्रता लिनेमा रहेको छ । माओवादीले अग्रता लिएका तहहरु अन्य दुई पार्टीको भन्दा निकै कम छ । त्यस्तै एकएक स्थानमा राप्रपा र फोरम लोकतान्त्रिकले अग्रता लिएको छन् । यो प्रदेश माओवादीको प्रभाव क्षेत्र मानिन्छ । तर प्रारम्भिक मतपरिणामका आधारमा माओवादी यहाँ पनि पछाडि पर्ने देखिएको छ ।
७ नम्बर प्रदेशका ८८ स्थानीय तहमध्ये अछाम जिल्लामा मतगणना सुरु भएको छैन । प्रारम्भिक अवस्थाअनुसार कांग्रेस, एमाले, माओवादी र राप्रपाले अग्रता लिएका स्थानहरु निम्न छन् ।
प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार बझाङ र बाजुरामा एमालेले अग्रता लिएको छ । डोटीमा कांग्रेस अगाडि छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् ।
कांग्रेसले अग्रता लिएका स्थानीय तह
बाजुरा
बडिमालिका नगरपालिका
बुढीनन्दा नगरपालिका
त्रिवेणी नगरपालिका
डोटी
दिपायल सिलगढी नगरपालिका
शिखर नगरपालिका
केआइ सिंह गाउँपालिका
डडेलधुरा
गन्यापधुरा गाउँपालिका
वैतडी
मेलौली नगरपालिका
पुर्चौडी गाउँपालिका
कञ्चनपुर
महाकाली नगरपालिका
पुनर्वास नगरपालिका
कैलाली
जानकी गाउँपालिका
एमालेले अग्रता लिएका स्थानीय तह
बाजुरा
छेडेदह गाउँपालिका
गैमुल गाउँपालिका
पाण्डपगुफा गाउँपालिका
बझाङ
मस्टा गाउँपालिका
बित्थडचीड गाउँपालिका
काँडा गाउँपालिका
दुर्गास्थली गाउँपालिका
बैतडी
पश्चेश्वर गाउँपालिका
शिवनाथ गाउँपालिका
दार्चुला
लेकम गाउँपालिका
कन्चनपुर
बेलडाडी नगरपालिका
डोटी
आदर्श गाउँपालिका
माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह
डडेलधुरा
अजयमेरु गाउँपालिका
दार्चुला
मार्मा गाउँपालिका
फोरम लोकतान्त्रिकले अग्रता लिएका स्थानीय तह
कैलाली
टिकापुर नगरपालिका
राप्रपाले अग्रता लिएका स्थानीय तह
बैतडी
दशरथ चन्द नगरपालिका












