१३ असार, युरोप । संसारभरका मानिसको जीवनको अभिन्न अङग बनेको सर्च इन्जिन युरोपियन कमिसनले २ अर्व ४० करोड युरो जरिवाना गरेको छ। गुगलले गुगल सर्च इन्जिनमा आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै युरोपियन कमिसनले उसलाई कारवाहीस्वरुप जरिवाना गरेको हो। गुगललाई कारवाहीस्वरुप तोकिएको दुइ अर्व ४० करोड युरो जरिवान युरोपियन कमिसनले लगाएको आजसम्मकै ठूलो रकमको हो।
गुगलले आफ्नो गुगल सर्च इन्जिनमा कुनै पनि कुरा सर्च गर्दा सूरुमा प्रयोगकर्ताले खोजेको सामग्रीभन्दा पनि आफ्नो अनलान बजारका सामाग्रीलाई स्थान दिएको भन्दै उक्त जरिवाना तोकिएको हो।
जरिवानका साथै युरोपियन कमिसनले गुगललाई यस्तो व्यवहार ९० दिनभित्र अन्त्य गर्न आदेश समेत दिएको छ । यदि तीन महिनाभित्रमा पनि गुगलले आफ्नो उत्पादनको प्रचारलाई नरोकेको खण्डमा गुगलको मुख्य संस्था अल्फावेटको दैनिक आम्दानिको पाँच प्रतिशत बुझाउनु पर्नेछ । पछिल्लो तथ्याङकअनुसार अल्फावेटको दैनिक आम्दानी एक करोड ४० लाख युरो रहेको छ।
गुगलले युरोपियन कमिसनको ‘एन्टीट्रस्ट रुल’ भन्दा बाहिर गएर यस्तो कार्य गरेकाले जरिवाना गरिएको युरोपियन कमिसनले जनाएको छ । कमिसनकाअनुसार गुगलले आफ्नो पावरलाई यसरी प्रयोगमा ल्याउँदा अन्य कम्पनी तथा व्यक्तिले उत्पादन गरेको नयाँ र इनोभेटिभ आइडियाले स्थान नपाउने भएकाले पनि जरिवाना गरिएको हो। यसका साथै गुगलले आफ्नो सर्च इन्जिनमा सर्च गर्दा आफ्नो अनलाइनमा भएको उत्पादनलाई मात्र सुझाउने (सजेस्ट गर्ने) गर्दा ग्राहक तथा प्रयोगकार्ताले रोजेर सामान किन्न नपाउने गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख गरिएको छ।
गुगलले यो फैसलाविरुद्ध अपील गर्न सकिने बताएको छ ।












