३ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनको तयारी भैरहेका वेला निर्वाचन आयोगबाट सुरु गरिएका सचिव गोपीनाथ मैनालीले गैरजिम्मेवारपूर्ण र अनावश्यक दवाव र धम्की दिने गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा मंगलबार विज्ञप्ती जारी गर्दै सचिव मैनालीले गैरजिम्मेवार काम गरेको र निर्वाचनका शिलशिलामा असहयोग गरेको दावी गरेको हो ।
आयोगले सचिव मैनालीले मन्त्रिपरिषदबाट भएको सरुवालाई लिएर पदीय मर्यादा नाघेर निजामति प्रशासकको आचरण र मर्यादा विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको समेत आयोगले दावी गरेको छ । विलासी गाडी किन्न रोक्दा आफ्नो सरुवा गरिएको मैनालीले अभिव्यक्ति मैनालीले दिएका थिए ।
आयोगले मंगलबार विज्ञप्ति निकालेर सचिव मैनालीको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको हो ।
आयोगले सचिव मैनालीमाथि पहिलो चरणको चुनावका क्रममा नियतवस बाधा पुर्याएको तथा असहयोग गरेको आरोप लगाएको छ । मैनालीले अव्यवहारिक परामर्श, वारम्वार गैरजिम्मेवारपूर्ण र अनावश्यक दबाव र धम्की दिएको आयोगको आरोप छ ।
यसका बावजूद पनि मतपेटिका लगायत निर्वाचन सामग्री व्यवस्थापन गरी एक करोड ६० लाख मतपत्र, एक करोड ४० लाख भन्दा बढी मतदाता नामावली र परिचय पत्र छाप्नुका साथै मतदान शिक्षा कार्यक्रम समयमै सम्पन्न गरेर पहिलो चरणको चुनाव स्वतन्त्र, निश्पक्ष रुपमा सम्पन्न गरिएको आयोगले बताएको छ ।
मैनालीले आयोग तथा पदाधिकारीको मानमर्दन हुने गरी हुँदै नभएको लाञ्छाना लगाएको र जनतामा भ्रम फैलाएर निर्वाचनको निष्पक्षतामा आघात पुर्याएको आयोगको आरोप छ ।
सचिव गोपीनाथ मैनालीलाई व्यवसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सृजना गर्न समेत आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।












