११ असार, काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान् चाड ईदको अवसरमा नेपाल सरकारले भोलि (असार १२ गते सोमबार) सार्वजनिक विदा दिएको छ । आज साँझ मात्रै गृहमन्त्रालयले सोमबार विदा दिने निर्णय गरेको हो ।
रमजान महिना सकिएपछि आउने ईदको मिति चन्द्रमाको अवस्थिति हेरेर मात्रै इस्लाम धर्मगुरुहरुले निर्धारण गर्ने गर्दछन् । यसको निर्धारण चन्द्रमा उदाएपछि त्यसको अवस्थिति हेरेर निर्धारण गरिने भएकोले अन्तिम समयमा मात्रै ईद परेको थाहा हुन्छ । साउदी अरब तथा पाकिस्तानमा चन्द्रमा देखिने अवस्था र उनीहरुले गरेको घोषणाका आधारमा नेपालका मुस्लिमहरुले ईद मनाउने गर्दछन् ।













