९ असार, २०७४ (धनगढी) । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर पदका प्रत्यासी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम प्रहार गरी विस्फोट गराएको छ ।
अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उहाँको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । विस्फोटन गराउने समूहको खोजी भइरहेको बुढाले बताए । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुन् ।












