३ असार, (२०७४) काठमाडौं । भारतको सोनवर्षामा स्थायी घर भई पछि नेपालको नागरिकता लिएका व्यक्ति राजेन्द्र महतोले नेपाल सरकार र नेपालका प्रमुख तीन दलले नेपाल विखण्डन गर्न खोजेको आरोप लगाएका छन् । सिमापारीबाट मान्छे ल्याएर नेपाली जनतामाथि नाकाबन्दी लगाएका राजेन्द्र महतो अहिले भने नेपालकै राष्ट्रिय जनता पार्टी नेपालका नेता छन् । उनको नागरिकतामाथि बारम्बार प्रश्नहरु उठ्ने गरेका छन् । उनीसँग मधेसी मोर्चामा सँगै रहेर आन्दोलन गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत महतोले ढाँटेर नेपालको नागरिकता लिएको बताइसकेका छन् ।
तर तिनै राजेन्द्र महतोले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र र वर्तमान सरकार मिलेर देशलाई विभाजनतिर लगेको आरोप शनिबार लगाएका । शनिबार रिपोर्टर्स् क्लबको कार्यक्रममा बोल्दै महतोले ठूला दलले मधेस र थरुहटलाई एक हुन नदिन षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । उनले मुलुकलाई बर्वादीबाट बचाउनका लागि आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए ।
नयाँ संविधान जारी गरेपछि संविधान नमान्ने धम्की दिएका महतोले शनिबार भने संविधान मानेको कुरा स्वीकार गरे । आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको उनले बताए ।
उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनै पनि सहमति नरहेको उनले बताए । उनले सरकारलाई मूर्खको संज्ञा दिँदै भने,‘अरे, मुर्ख १ हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेश मात्रै मधेस हो र रु’उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको समेत आरोप लगाए ।












