उदियमान चीनले सन् २०१८ मा चन्द्रमामा आलु फलाउने तयारी गरेको छ । चीनका वैज्ञानिकहरुले एक महत्वकांक्षी योजनाको तयारी गर्दै चन्द्रमा आलु फलाउनका लागि नयाँ प्रविधिको विकास गरेका छन् । २०१८ मा चन्द्रमामा पठाइने ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नामक वैज्ञानिकहरुको टोलीले चन्द्रमामा पुगेर आलु फलाउने कोसिस गर्ने गर्ने भएका हुन्।
चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको एउटा सानो इकोसिस्टमसहितको भाँडोमा आलु रोपिने समाचार चाइना रेडियो इन्टरनेशनल (सिआरआई) ले प्रसारण गरेको छ ।
वैज्ञानिकहरुले रेशमकिराको लार्भा राखिएको उक्त भाँडोलाई प्राकृतिक स्याटेलाइटको सहायताले पृथ्वीको सतहमा जसरी चन्द्रमामा आलु फलाउने कोसिस गर्ने जानकारी चोंगक्वीन विश्वबिद्यालयका प्राध्यापक सि जेंगसिनले दिएका छन् । यसबारे पहिले नै ल्याबमा यसको परीक्षण गरिएको छ र आलुका लागि उपयुक्त किसिमको प्राकृतिक वातावरण कायम राखिने सो ल्यावभित्रै चन्द्रमामा आलु फल्ने जनाइएको छ ।
सिआरआईका अनुसार वैज्ञानिकहरुले चन्द्रमामा उक्त रेशम किराको सहायताले आलु फलाउन सफल भएमा भविष्यमा चन्द्रमामा मानवबस्ती निर्माणको लागि नयाँ मार्ग खुल्ने बिविसीले जनाएको छ ।
चिनियाँ वैज्ञानिकहरुले यस कार्यक्रमलाई एकदमै महत्वाकांक्षी योजना भनेका छन् ।













