३ असार, २०७४ (काठमाडौं) । एसएलसीबाट रुपान्तरि भएको एसइई परीक्षामा सबैभन्दा बढी ग्रेड ल्याउनेमा रुपन्देहीका आदर्श पाण्डेय भएको दावी गरिएको छ । एसइईमा नेपाल प्रथम भनेर घोषणा नगरिने भए पनि बढी अंक ल्याएका आधारमा विद्यालय र विद्यार्थीहरुले आफै दावी गर्ने गर्दछन् ।
रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज जिपिए ४ अंक हाँसिल गरेर नेपाल प्रथम भएको दावी गरिएको छ ।
नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज जिपिए ४ अंक भएको पाइएको छ । उनीबाहेक कसैले पनि जिपिए ४ ल्याएको दावी गरेको छैन । शुक्रबार प्रकाशित २०७३ मा सञ्चालित एसइईको नतिजामा पाण्डे बोर्ड फस्ट भएको दावी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरेका छन् ।












