२ असार, २०७४ (काठमाडौं)। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले तीनवटै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले सबै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको हो । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निर्धारण गरिएको नयाँ मूल्यअनुसार पट्रोल प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइनेछ ।
तेलको मूल्य घटाइए पनि एलपीजी ग्यासको मूल्य भने घटेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेसनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । त्यसैका आधारमा तेलको मूल्य घटाइएको निगमले जनाएको छ । पुसमा मूल्य बढाएपछि तेलमा मूल्य समायोजन गरेको थिएन ।












