१ असार, २०७४ (सुर्खेत) । सुर्खेतको वीरेन्द्रनगर–३ तातोपानीस्थित रहेको एक माछापालन केन्द्रमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।
पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेका छन् ।
पोखरीमा जाने फलामको भ¥याङ्गमा हिँडिरहेका बेला माछापालन केन्द्रमा कार्यरत भीमबहादुर शाहीलाई करेन्ट लागेको थियो । भ¥याङ्गमै करेन्ट लागेर भुईमा खसेपछि उनकै साथी पासाङ लामा उद्धारका लागि जाँदा लामालाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका शाही र लामाको उपचारका क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
कालीकोट र रामेछापबाट मृतकका आफन्तहरु आउँदै गरेका कारण मृतकहरुको शव परीक्षण हुन नसकेको प्रहरीले जनाएको छ ।











