३१ जेठ, २०७४ (रौतहट) । रौतहटको गौरमा राजपा कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गरेपछि दोहोरो झडप भएको छ । कार्यकर्ताको आक्रमणबाट एक प्रहरीको हात भाँचिएको छ । प्रहरी चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढंगामुडा गर्दा झडप भएको हो ।
सिसुवाचोकमा भएको प्रहरी र बन्द आह्वानकर्ताबीको झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने राजपाका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादवलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ ।
गौरमा प्रहरीमाथि नै आक्रमण भएपछि त्यहाँको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी र म्यादी प्रहरीलाई सुरक्षामा खटाइएको छ ।











