३१ जेठ २०७४ (काठमाडौं) / प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने विषयमा दुई देशबीच गृहकार्य भएको छ । देउवाको भारत भ्रमण तय गर्नका लागि परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र नेपालका लागि भारतीय राजदुत मञ्जिपसिंह पुरीबीच आज छलफल भएको छ ।
असार १४ गते हुने दोस्रो चरणको चुनावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने मिति तय गर्न सकिने विषयमा दुवै जनाबीच छलफल भएको जनाइएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजदुत पुरीसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति चुनावपछि उपयुक्त हुने जानकारी गराएका थिए ।
‘भेटमा भरतीय राजदुत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो पठाएको बताएका थिए । दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणको सिलसिलामा आफू पनि भारत आउने जवाफ महराले दिएका थिए ।












