३०जेठ, २०७४ (पाल्पा) । जंगली च्याउ खाएर पाल्पामा हप्तैपच्छिे मानिसको मृत्यु हुन थालेको छ । जंगली च्याउँ खाँदा पाल्पामा पाँच जनाको मृत्यु भएको एक हप्तामै दुईजनाको मृत्यु भएको हो । को निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको हो ।
लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।
आइतवार राति ४ वर्षीय रुपेश गाहाको उपचारको क्रममा मृत्यु भएको हो । च्याउ सेवनबाट बिरामी हुनुभएका २१ वर्षीया इनमाया गाहाको अहिले उपचार भइरहेको छ ।
यसअघि, अर्को घटनामा जङ्गली च्याउ सेवनकै कारण रामपुर नगरपालिका–३ गैलुकमा एक हप्ता अघि पाँचजनाको मृत्यु भएको थियो ।












