२६ जेठ, २०७४, (सोलुखुम्बु) । संसद भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भए पनि देशमा राजनीतिक संस्कार बसालेको दावी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले आज जिल्लाको सोताङ गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दैनिक १८ घन्टा खटेर राजनीतिक संस्कार बसाल्न सफल भएको भन्दै संस्कार बसाल्दा निर्वाचनमा आफूहरु कमजोर हुन पुगेको उल्लेख गरे ।
काँग्रेस र एमालेले नयाँ संरचनामा निर्वाचन गराउन आनाकानी गरिरहेको आरोप लगाउँदै प्रचण्डले उनीहरुलाई पनि साथमा लिएर निर्वाचन गरेको र अब दोस्रो चरणको निर्वाचनमा भने पार्टीलाई बलियो बनाउन आफू मैदानमा उत्रिने बताए।
चुनावमा केही कम सिट जितेको भए पनि मुद्दामा आफूहरुकै जित भएको भन्दै ‘प्रचण्ड’ले यो निर्वाचनमा माओवादी नै विजयी भएको गौरव स्वीकारेर उच्च मनोबलका साथ जनताको सेवामा खट्न कार्यकर्तालाई निर्देशन दिए ।
उनलेले सिंहदरबारको अधिकार गाउँमा ल्याउन आफू सफल भएको बताएका थिए ।












