२५ जेठ, २०७४ (भक्तपुर) । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिएको माध्यामिक शिक्षा परीक्षा एसइर्इको नतिजा एक साताभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय एक साताभित्र नतिजा सार्वजनिक गर्ने योजनाका साथ अन्तिम तयारी गरेको हो । एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको कार्यालयले जनाएको छ ।
कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रण अम्बिका रेग्मीले जानकारी दिएका छन् ।
उनले भने, “जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गछौँ, नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस भनेर काम भइरहेको छ ।”
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका वा एलएलसी भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईमा रुनान्तरण भएको थियो ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।












