२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलबार बसेको संसद बैठकले देउवालाई मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित हो । देउवाको पक्षमा देउवाको पक्षमा ३८८ मत परेको थियो । योसँगै देउवा चौथोपटक नेपालको प्रधानमन्त्री निर्वाचित बनेका छन् ।
देउवालाई माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायतले प्रधानमन्त्रीमा समर्थन समर्थन गरेका थिए ।
प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी परेको थियो । देउवाको पक्षमा ३८८ मत पर्यो भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धनले देउवाको विपक्षमा मतदान गरेका थिए ।
देउवा पहिलोपटक ०५२ सालमा ४९ वर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवा अहिले ७१ वर्ष पुगेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए












