१७ जेठ, काठमाडौं । सरकारले बजेट प्रस्तुत गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले असन्तुष्टि जनाउँदै संसद अबरुद्ध गरेको छ । प्रधानन्यायधीश सुशीला कार्कीको महाअभियोग प्रस्ताव फिर्ता लिन लगाएर संसद सुचारु हुन दिएको एमालेले फेरि वुधबार उही घटना दोहोर्याएको हो । सरकारले ल्याएको बजेटले स्थानीय तहका लागि प्रर्याप्त बजेट छुट्याएकोले एमालेको नारा फेल खाने डरले एमाले फेरि अवरोधतर्फ लागेको हो । त्यस्तै बजेटमा भएको कार्यक्रमहरुले कांग्रेस माओवादी लोकप्रिय हुनसक्ने आशंकामा एमालेले बजेटमाथि छलफल नै हुन नदिने योजनाअनुरुप बजेटपछि वुधबार सुरु भएको संसद अवरुद्ध गरेको हो ।
तर एमालेले संसद अवरुद्ध गर्नुको कारण भने भरतपुर घटना भनेको छ । भारतपुरमा मतपत्र च्यातिएको कारण देखाउँदै एमालेले वुधबार संसद अवरुद्ध गरेको हो । तर, भरतपुर घटनाको छानविन गर्न सरकारले निर्देशन दिइसकेको र छानविन टोलीले घटनाको अध्ययन गरेर फर्किसकेको अवस्थामा एमालेले भने यही वाहनामा संसद अवरुद्ध गरेको हो । एमालेले भने निर्वाचन आयोगको प्रतिवेदन आउनुपर्ने कुरालाई बेवास्ता गर्दै भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गरेको छ ।
पुनः निर्वाचनमा गए आफू पराजित हुने एमालेको विश्लेषण छ । पुनः मतदानमा जाने निर्णय गरे एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्न सक्ने चेतावनी समेत एमालेले दिएको छ ।
संसदको बुधबारको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको बताए ।
एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको आरोप थियो । एमालेको अवरोधपछि सभामुख ओनसरी घर्ती मगरले संसदको बैठक बिहीबारसम्मका लागि स्थगित गरेकी छन् ।












