९ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको राजिनामा दिने र त्यसपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच छलफल भएको छ । छलफल नटुंगिएका कारण प्रचण्डले राजिनामाको घोषणा गर्ने समय समेत केही घण्टा पर
सरेको छ । बैठक जारी रहेकाले संसद बैडक समेत दिउँसो ३ बजेसम्मका लागि बैठक सरेको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शीर्षस्थ नेताहरुको बैठक नसकेका कारण बैठक ३ बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्।
मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।
आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही सम्बोधनमार्फत उनको राजिनामाको घोषणा गर्ने गृहकार्य भैरहेको छ ।












