१९ वैशाख, काठमाडौं । राप्रपाले सरकार दिएको समर्थन फिर्ता लिएको बेला मधेशकेन्द्रित दल राजपाले भने सरकारलाई समर्थन गर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको राजपाको बैठकले यस्तो तयारी गरेको हो । वर्तमान सरकारलाई मधेसकेन्द्रित दलको समर्थन रहे पनि ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले पुनः सरकारलाई समर्थन गर्ने तयारी गरेको बताइएको छ ।
सरकारले औपचारिक रुपमा समर्थनका लागि आग्रह गरेको अवस्थामा समर्थन गर्न सकिने गरी छलफल भएको राजपाका एक नेता केशव झाले जानकारी दिएका छन् ।

तर त्यो समर्थन संविधान संशोधनका लागि हुने पनि उनले उल्लेख गरे ।
राजपाले वैशाख ३१ गते तीन वटा प्रदेशमा हुने निर्वाचनमा सहभागिता जनाएको छैन । मधेसकेन्द्रित दलको क्षेत्र नभएका कारण पनि राजपाले यसमा चासो नदेखाएको हो ।
मधेस आन्दोलनकै एक अगुवा नेता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले भने वैशाख ३१ को निर्वाचनमा समेत सहभागिता जनाएको छ ।











