१८ वैशाख, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन कांग्रेस र माओवादीलाई आग्रह गरेका छन् । सोमबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले कार्कीमाथिको महाअभियोग एमालेलाई अस्वीकार्य भएकोले मंगलबारसम्म फिर्ता लिन चेतावनी दिए । अध्यक्ष ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको आरोप समेत लगाए। सरकार बदनियत पूर्ण ढंगले चल्न नमिल्ने भन्दै ओलीले हचुवाका भरमा महाअभियोग दर्ता भएको दावी गरे ।
कीर्ते गर्ने काम सरकारमा रहेका दलहरुले नै गरेको भन्दै उनीहरु हरु आत्तिएर रातारात प्रहरी प्रमुखलाई नियुक्त गरी पदस्थापन गरिएको आरोप ओलीको थियो ।
सर्वोच्च अदालतमा मंगलबार नेपाल प्रहरीको आईजीपी प्रकरणबारे पूर्ण इजलासमा सुनुवाई हुनेछ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्याधीशका रुपमा जिम्मेवारी सम्हालेका छन् ।












