२७ फागुन, काठमाडौं । मधेसी मोर्चाले घोषणा गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौंमा शून्य बनेको छ । सप्तरी घटनाको विरोधमा मोर्चाले आज शुक्रबार नेपाल बन्द गर्ने कार्यक्रम निर्धारण गरेको थियो । राजधानीमा आज विहानैदेखि सार्वजनिक यातायातका साधनदेखि निजी सवारी साधन सुचारु रुपमा चलेका छन् । तोडफोड हुन सक्ने अनुमानका कारण निजी विद्यालयहरु बन्द रहेका कारण निजी स्कुलका बस नचल्नाले विहानको समयमा सडक भने अन्य दिनको तुलनामा खुल्ला रहेको थियो ।
देशका अन्य भागमा समेत बन्दको प्रभाव नपरेको जनाइएको छ । सप्तरीलगायतका मधेसका जिल्लामा भने आज बन्दको प्रभाव देखिएको छ ।












