२७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरोधी कमल थापालाई उपप्रधानमन्त्री पद दिएर आफ्नो सरकार ढल्नबाट जोगाएका छन् । तत्कालका लागि सरकार जोगिए पनि भारतले अर्को चाल चलेर समस्या सिर्जना गर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले अब विपक्षी दलका १५ सांसद कसरी ‘किन्ने’ भन्ने योजनामा लागेका छन् ।
वर्तमान संविधानविरोधी एजेण्डा पार्टीबाट पारित गराएको मसी सुक्न नपाउँदै प्रचण्डले जसरी कमल थापालाई मन्त्री पद दिएर किने त्यसरी नै विभिन्न प्रलोभनमा पारेर अन्य १५ सांसद आफ्नो पक्षमा पारेर संविधान संशोधन प्रस्ताव पारित गराउने योजनामा उनी रहेका छन् । यसो गर्न सके भारत अलि बढी समयसम्म दाहिना हुने आशा प्रचण्डको रहेको छ ।
४१ सिट भएको मधेसी मोर्चाले सरकारको समर्थन फिर्ता लिए पनि ३७ सिट भएको राप्रपा मन्त्रिपरिषद्मा आएपछि दाहाल सरकारमाथिको संकट तत्काललाई टरेको देखिएको हो ।
।
कांग्रेसको २०६, माओवादी केन्द्रको ८४, नेकपा संयुक्त ३, अखण्ड नेपाल पार्टी १ र समाजवादी जनता पार्टी १ गरी जम्मा ३३२ मत सरकारको पक्षमा पुगेको छ । फोरम लोकतान्त्रिकको १३ र सरकारलाई समर्थन गरिरहेको मधेसीको मोर्चाको ४१ सिट जोड्दा संविधान संशोधनको पक्षमा ३ सय ८३ मत पुग्छ । संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुर्याउन थप १५ सांसदको समर्थन आवश्यक रहेकोले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा यो संख्या पुर्याउन लागि परेका छन् । यसमा भारतीय गुप्तचर संस्था रअले समेत निरन्तर प्रयास गरिरहेको गोप्य स्रोत बताउँछ ।
अहिले सरकारमा सामेल थापा नेतृत्वको राप्रपा नेपालले वर्तमान सरकारको विपक्षमा मत दिएको थियो ।












