४ फागुन, काठमाडौं । वुधबारबाट सुरु भएको नेकपा एमालेको पोलिटव्युरो बैठकमा पार्टी अध्यक्ष केपी ओलीले समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारहरुबारे १० पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले संविधानको रक्षा र कार्यान्वयन गर्न एमालेले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता भएको बताएका थिए । ओली आगामी माघ सात गतेभित्रै तीनै तहको निर्वाचन घोषणा गरी त्यसतर्फ अगाडि बढ्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
ओलीको प्रतिवेदनमाथि पोलिट्ब्युरो सदस्यहरुलेले अध्ययन गरेपछि विहीबारको बैठकमा त्यसमाथि छलफल हुने एमालेले जनाएको छ ।
फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजनाहरु, स्वतन्त्र विद्यार्थीहरुको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिका लगायतका विषयमा एमाले बैठकमा छलफल भएको थियो ।












