४ फागुन, काठमाडौं । विश्वका शक्तिशाली मुलुक अमेरिका, चीन र रुसलाई चुनौति दिँदै भारतले अहिलेसम्मकै धेरै उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यसअघि रुसले एकसाथ ३७ उपग्रह एक साथ प्रक्षेपण गरेको रेकर्ड तोड्दै भारतले एक साथ बुधबार एकै पटक १०४ वटा उपग्रह प्रक्षेपण गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइसरो)ले बुधबार एकै पटक १०४ वटा उपग्रह प्रक्षेपण गरेको जानकारी ट्वीटरमार्फत दिएको छ ।
अमेरिका, रुस र चीनलाई पछि पार्दै पीएसएलभी(सी३७ कार्टोसेट(२ मिसन स्याटालाइटमार्फत भारतको श्रीहरिकोटाबाट वुधबार बिहान ९ बजेर २८ मिनेटमा सयभन्दा बढी उपग्रह प्रक्षेपण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै भारतले विश्वमा नयाँ इतिहास बनाएको छ ।
यसअघि रुसले सन् २०१४ मा एकै साथ ३७ वटा स्याटालाइट प्रक्षेपण गरे पनि विश्वमा अरु देशले यति धेरै उपग्रहलाई प्रक्षेपण गरेका छैनन् ।
टाइम्स अफ इन्डियाका अनुसार पोलार स्याटालाइट लन्च भिकलले आफ्नो ३९औ उडानमा १ सय ३ यात्रीलाई ६६४ किलोग्राम लिफ्टबाट सँगै लिएर गएको छ ।
पोलार स्याटालाइटमा रहेका आइसरोका वैज्ञानिकहरुले एसएल भेरियन्ट प्रयोग गरेका छन् जुन चन्द्रमा र मंगल ग्रहमा बस्दा निक्कै शक्तिशाली र सुरक्षित ज्याकेट मानिन्छ ।
स्याटालाइटमा जाने यात्रीहरुले पृथ्वीको विकल्पको बारेमा खोज, अनुसन्धान गरेर सूचना पठाउने छन् ।
यसअघि भारतले ६ महिनाअघि २० वटा स्याटालाइट प्रक्षेपण गरेर राष्ट्रिय कीर्तिमान बनाएको थियो । जसमा १३ वटा अमेरिकी स्याटालाइट समेत समावेश गरिएको थियो ।












