२२ माघ, काठमाडौं । मधेस र मधेसमा एमाले सखाप भएपछि सो पार्टीका अध्यक्ष केपी ओलीले कम्मरमुनि लगाउने धोती टाउकोमा बेरेर सार्वजनिक समारोहलाई सम्बोधन गरेका छन् । मधेसको अधिकारका कुरा गर्दा विहार र युपीको उदाहरण देखाएर मधेसीलाई रुष्ट बनाएका ओलीले मधेसमा एमालेको संगठन सिद्धिएपछि टाउकामै धोती बेरेका हुन् ।
मधेसमा एमालेलाई प्रवेश गर्नदेखि मधेसबाट ढोल बजाएर लखेट्नेसम्मको कार्य भएपछि एमाले अध्यक्षले अन्तिममा मधेसको संवेदना बटुल्नका लागि कम्मरमुनि लगाउने वस्त्रलाई टाउकोमै बेरेका हुन् । निर्वाचनमा मधेसमा एमालेको अस्तित्व जोगाउनुपर्ने भनी नेता तथा कार्यकर्ताको दवाव आएपछि ओलीले यस्तो उपाय अपनाएका हुन् । ओलीले धोतीलाई टाउकोमा बेरेर शनिबार इनरुवामा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् । ओलीसँग मंचमा बसेका अन्य कार्यकर्ताले भने टाउकोमा धोती बेरेका थिएनन् ।
अर्को रोचक कुरा त के थियो भने ओलीको सो सभामाको भित्तामा टाँगिएको कम्युनिस्ट पार्टीको हँसिया हथौडा अंकित झण्डा उल्टो गरी टाँगिएको थियो । (हेर्नुहोस् तस्वीर)
ओलीले टाउकोमा धोती बेरेर आमसभालाई सम्बोधन गरेपछि एमालेका मधेसका कार्यकर्तामा भने नयाँ उत्साह जागेका देखिएको छ । एमाले मधेसविरोधी नभएको र मधेसीले कम्मरमुनि बाँध्ने धोतीलाई टाउकोमा राखेका भनी संगठन बनाउन र भोट माग्न सजिलो हुने भनी कार्यकर्ताहरु उत्साहित हुँदै सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेका छन् ।
मधेसी समुदायले लगाउने कुर्था र धातीमा कुर्था कम्मरभन्दा माथि लगाउने पहिरन हो भने धाती कम्मरमुनि लगाउने पहिरन हो । मधेसको संस्कृतिमा हुर्किएका पत्रकार अनिल कर्णले भने धोती पहिरनका रुपमा कम्मरमुनि लगाउने पहिरन भएको नेपादेशडटकमलाई स्पष्ट पारे ।
हुन त मधेसी समुदायले सम्मानजनक रुपमा टाउकोमा पगरी लगाउने गर्दछन् । तर उनै ओलीको कार्यकर्ताले त्यसलाई धोती भनी उल्लेख गरेका छन् । यसकारण यो पगरी नभई धोती नै भएको स्पष्ट छ । अनि ओलीसँग बसेका मधेसी नेताले ओलीको यो नाटक देखेर लाजले नाक छोपेको र पहाडी नेताले भने त्यो पगरी नलगाई टोपी नै लगाएको तस्वीरले सबै कुरा स्पष्ट पारेको छ । बाँकी विश्लेषण पाठकहरुको …














