१२ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय अध्यक्षमा डा. प्रकाशचन्द्र लोहनी चयन भएका छन् । राप्रपाको अघिल्लो महाधिवेशनको निर्णयअनुसार नै चार नेता अध्यक्ष बन्ने चक्रीय प्रणालीको व्यवस्था गरिएको थियो । पार्टी एकीकरणपछि महाधिवेशनको पूर्वसन्ध्यमा मात्रै आएर लोहनीले राष्ट्रिय अध्यक्षको पद पाएका हुन् ।

चक्रिय प्रणालीअनुसार अध्यक्ष परिवर्तन गर्ने विगतको सहमतिअनुसार बुधबार पशुपति शमशेर राणाले लोहनीलाई अध्यक्ष पद हस्तान्तरण गरे । राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता घोषणा भए पनि राप्रपा खेमाबीचको आन्तरिक विषय मिलान गर्नको लागि पार्टीमा राष्ट्रिय अध्यक्ष राखिएको थियो । लोहनीकै नेतृत्वमा अब पार्टीको एकता महाधिवेशन हुने छ ।
पद हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अध्यक्षमा डा. लोहनी , अध्यक्ष कमल थापा, वरिष्ठ नेता पशुपतिशमशेर राणाले पार्टीको एजेण्डालाई आत्मसात गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए
राप्रपाको एकता महाधिवेशन आगामी फाल्गुन ६देखि ८ गतेसम्म काठमाडौंमा हुँदैछ ।











