१२ माघ, काठमाडौँ । सवारी चालक अनुमतिपत्र वितरण काम वागमती अञ्चलबाहेका १३ अञ्चलमा ठप्प भएको छ । नयाँ लाइसेन्स जारी, प्रतिलिपि र नविकरणको काम रोकिँदा सेवाग्रही मारमा परेका छन् । सर्भर स्तरोन्नतिको काम भइरहेकाले काम ठप्प भएको यातायात व्यवस्था विभागले जनाएको छ । ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टमको सर्भर झण्डै ६ वर्ष पुरानो भएकाले त्यसको स्तरोन्नती भइरहेकाले गएको आइतबारदेखि नै काम ठप्प भएको हो ।
पुरानो प्रणालीमा रहेका २५ लाख रेकर्डलाई नयाँमा लानुपर्ने भएकाले अझै एक हप्ता काम प्रभावित हुने विभागका सवारी तथा सवारी चालक नियमन शाखाका अधिकृत अर्जुन रिजालले बताएका छन्।














